लघुवित्तका ऋणीलाई कर्जा पुनर्तालिकीकरण सुविधा

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनर्र्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने सुविधा दिएको छ।

राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।

यस्तो सुविधाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका असल ऋणीलाई थप सुविधा उपलब्ध हुनेछ।

‘नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा विभिन्न सर्त बमोजिम एक पटकका लागि कर्जाको पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सक्नेछन्’, संशोधित व्यवस्थामा उल्लेख छ।

arghakhanchiShree Steel
यस्तो पुनर्तातालिकीकरण वा पुनर्संरचना २०८१ पुस मसान्तभित्र गरिसक्नुपर्नेछ। कर्जा भुक्तानी अवधि बढीमा तीन वर्ष थप हुने गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

सो व्यवस्थाबमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जालाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। तर, निष्कृय वर्गमा वर्गीकरण भइसकेका कर्जालाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्ने व्यवस्था गरिएको छ।

यसरी कायम कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक समायोजन गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। संशोधित व्यवस्थाअनुसार कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरे समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?