निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि थप

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि थप गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएकाे हाे ।

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरिएको बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना वा ब्याजको ब्याज लिन पाउँदैनन् । तर, यो थप अवधिभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन सक्ने व्यवस्था गरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?