नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली बन्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएको छ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत समेत रहेका मन्त्री खड्काको अध्यक्षतामा सिंहदरबारमा बसेको बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका हुन्।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लाग्नुपर्ने बताए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/०८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/०८२ को वार्षिक कार्यक्रम तथा वजेट विस्तृतिकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?