५० एमबीपीएसभन्दा कम स्पिडका इन्टरनेट प्याकेज लिनै नपाइने

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र कम स्पीडका प्याकेज बन्द गरेका छन् । यससँगै इन्टरनेटको मूल्य बढेको छ । ५० एमबीपीएसभन्दा कम स्पिडको इन्टरनेट प्याकेज आजबाट लिन नपाइने हुँदा यदी त्यसभन्दा कम स्पिड लिएका ग्राहकले लिइरहेको न्यूनतम प्याकेजलाई बढाउनुपर्ने छ । नवीकरण गर्ने वा नयाँ सेवा लिने ग्राहकलाई मात्रै केही मूल्य बढ्ने भए पनि ५० एमबीपीएसभन्दा बढी मूल्यको प्याकेज भने यथावत् नै रहनेछ ।

इन्टरनेट सेवाप्रदायकहरूको संस्था (आइस्पान) ले ग्राहकहरूले लिइरहेको सेवाको गुणस्तर बढाउन र नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेको दररेटअनुसार नै सेवा दिने गरी सस्तो प्याकेजलाई निरुत्साहित गरेको हो ।

आइस्पानले यो निर्णयले ग्राहकले गुणस्तरीय सेवा पाउँछन् भने थोरै पैसा थप हुँदा सेवाप्रदायकहरूबीचमै हुने अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुने जनाएको छ ।

हाल केही सेवाप्रदायकहरूले नियामक निकाय दूरसञ्चार प्राधिकरणले तोकेकोभन्दा कम दरमा सेवा दिने, भ्याट बिल जारी नगर्ने र स्पिडसमेत कम पठाउने गरेका कारण समग्र आइएसपीप्रति नै ती सेवाप्रदायकहरूको गुनासो हुने गरेको एक इन्टरनेट सेवाप्रदायकका सञ्चालकले जानकारी दिए । उनका अनुसार कम दरको सेवा नै नबेच्ने भनेपछि सेवा र सुविधा दुवैमा सुधार हुने र ग्राहकप्रति पनि विश्वास पैदा हुने दाबी उनको छ ।

हाल कुनै पनि सेवाप्रदायकबाट ५० एमबीपीएसभन्दा कम स्पिडकै इन्टरनेट लिइसकेकाहरूको हकमा भने खरिद गरेकै प्याकेज निरन्तर हुनेछ । ग्राहकले हिजो आइतबारसम्ममा लिएको प्याकेज निरन्तर हुने र आज सोमबारदेखि लिने प्याकेज तथा नवीकरणमा मात्रै न्यूनतम ५० एमबीपीएस स्पिडको गति लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?