हिमपर्वत हाइड्रोपावरले ५९ लाख १५ हजार कित्ता निष्काशन गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमपर्वत हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणको लागि सेयर निष्काशन (आईपीओ)को अनुमति दिएको छ।

बोर्डले शुक्रबार उक्त कम्पनीलाई आइपिओको अनुमति दिएको हो।

सेबोनका निर्देशक तथा सहायक प्रवक्ता तोलकान्त न्यौपानेले बोर्डले उक्त कम्पनीको आईपीओ स्वीकृत गरेको जानकारी दिए।

उनका अनुसार हिमपर्वत हाइड्रोपावर कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको छ।

यसअघि आईपीओ स्वीकृतिको अख्तियारी सेबोन अध्यक्षलाई दिइएको थियो। अहिले भने बोर्डले नै आईपीओको स्वीकृति गरेको हो। यससँगै अध्यक्षलाई दिइएको अख्तियारी बोर्डमा आएको छ।

सेबोनले साढे ५ महिनायता कुनै पनि कम्पनीलाई आईपीओको अनुमति दिएको थिएन। तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाखमा एभरेष्ट कलरलाई आईपीओको अनुमति दिएका थिए। उनले वैशाख ४ गते राजीनामा दिएका थिए।

त्यसपछि असार ५ गते सेबोनको अध्यक्षमा गोपाल भट्ट नियुक्त भएका थिए। उनी सेबोनको अध्यक्ष नियुक्त भएपछि आईपीओको अनुमति दिएको यो पहिलो निर्णय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?