बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति लामिछानेले पार्टीमा भएका सहमति पालना गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
  • पार्टीभित्र फाटो ल्याउने प्रयास भइरहेको बताउँदै उनले इतिहासप्रति उत्तरदायी हुने बताए।
  • चुनावअघि नै बालेन शाहलाई सहयोग गरेको भन्दै अब गोल हान्ने जिम्मेवारी उनको रहेको उल्लेख गरे।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपामा गरिएका सहमतिका एक–एक अक्षरमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले चुनावअघि नै बालेनको खुट्टामा बल पुर्‍याइएको भन्दै अब गोल हान्ने जिम्मा बालेनकै भएको प्रष्ट पारे ।

आज पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले रास्वपामा फाटो ल्याउने र लडाउने प्रयास निकै भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा सहमति गरेका छौँ । सहमतिको एक–एक अक्षर इमान्दारिताका साथ पालना गर्ने यहाँ उभिएर म प्रण गर्छु ।

उनले रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको र त्यसको पार्टीले निगरानी गरिरहेको बताए ।

लामिछानेले थपे, ‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको । उहाँले यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो । यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?