यो सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा नपुगी रोकिँदैनः बालेन

समाचार सारांश
Auto Generated by AI
  • बालेन शाहले आफ्नो पार्टीको महाधिवेशनमा अनौपचारिक शैलीमा सम्बोधन गरेका छन्।
  • उनले सरकारलाई लोकल नभई एक्सप्रेस गाडीको संज्ञा दिएका छन्।
  • गन्तव्यमा नपुग्दासम्म बीचमा ब्रेक लगाउनु नपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो पार्टीको पहिलो महाधिवेशनमा अनौपचारिक शैलीमा सम्वोधन गरेका छन् । ‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै उनले आफ्नो भाषण सुरू गरेका थिए ।

बालेनले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव आइरहेको भन्दै यसमाथि टिप्पणी गरे । उनले यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताए ।

शाहले भने, ‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो । तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लागनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

गैर-बैंकिङ सम्पत्तिको समस्या बढ्दै, कसरी हुँदैछ व्यवस्थापन ?

बैंकका सीईओको तलब तथा भत्तामा कडाइ, राष्ट्र बैंकले तोक्यो सीमा

बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने

छुटाउनुभयो कि ?