सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब रकम जम्मा

समाचार सारांश
Auto Generated by AI
  • सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्बभन्दा बढी योगदान रकम जम्मा भएको छ।
  • कोषले संकलित रकम जलविद्युत, ऊर्जा र सिमेन्ट उत्पादन जस्ता क्षेत्रमा लगानी गर्ने नीति लिएको छ।
  • हालसम्म २३ हजार बढी रोजगारदाता र २९ लाखभन्दा धेरै योगदानकर्ता कोषमा आबद्ध भएका छन्।

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब बढि योगदान रकम जम्मा भएको छ ।

काेषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषमा एक खर्ब ११ अर्ब बढिसात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको हाे ।

कोषमा दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्य्त् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ । कोषका चार वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको छ ।

मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा सङ्कलन भएको प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । उहाँले लगानी विविधिकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ ।

खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमा ‘क्लिङ्कर’ उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि कोषले लगानी गर्ने नीति लिएको निर्देशक रेग्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी रु २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ बराबर रहेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रकम रु २८ करोड ४४ लाख ३० हजार १८८, आश्रित परिवार सुरक्षा दाबी रकम रु ३४ करोड ९५ लाख ७३ हजार ३९८ र अवकाश दाबी रकम रु १६ करोड ५८ लाख ३५ लाख चार हजार २४१ बराबर रहेको कोषका निर्देशक राेहित रेग्मीले जानकारी दिनुभयो ।

संस्थागत वा सहवित्तीयकरण कर्जामा पर्यटन क्षेत्र, निर्माण क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, सेवामूलक क्षेत्र, कृषि क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था गरेको छ । सञ्चालक समितिले उपयुक्त ठानेको क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई संस्थागत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । कर्जा प्रवाह गर्दा तिर्ने क्षमता भएको कम्पनीलाई परियोजना स्थापना र सञ्चालनको लागि स्थिर पूँजी कर्जा, चालु पूँजी कर्जा वा चक्र कर्जा समेत प्रवाह गर्न सकिने व्यवस्था छ ।

कोषले २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजनामा भने कोषले लगानी नगर्ने नीति लिएको निर्देशक रेग्मीले बताउनुभयो । विद्युत् खरिदसम्बन्धी शर्त तथा बन्देज वा कुनै समयमा प्राधिकरणले विद्युत् खरिद नगर्ने शर्त भएमा, कनेक्सन सम्झौताबमोजिमको सबस्टेसन तयार भई नसकेको परियोजनामा लगानी नगर्ने नीति रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कम्तीमा ३० प्रतिशत स्वपुँजी नभएको परियोजना, निजी कम्पनीबाट सञ्चालित परियोजना र कोषको प्राथमिकतामा नपरेको परियोजनामा पनि लगानी नगर्ने नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

भुक्तानी सेवा प्रदायकमा राष्ट्र बैंकको कडाइ

राष्ट्रिय गौरवका सडक आयोजनामा ४२ अर्ब रुपैयाँ बजेट

मुग्लिन-पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु, दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने

अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

विश्वविख्यात म्यारियटका दुई लक्जरी ब्रान्ड चौधरी ग्रुपले भित्र्यायो

छुटाउनुभयो कि ?