नेपाल नागरिक उड्डयन प्राधिकरणकाे महानिर्देशक बन्न २१ जना आकांक्षी

समाचार सारांश
Auto Generated by AI
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्।
  • पर्यटन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट महानिर्देशक छनोट गर्ने प्रक्रिया सुरु गरेको छ।
  • आवेदकहरूले प्राधिकरण ऐन अनुसार तोकिएको योग्यता पूरा गरेको हुनुपर्ने व्यवस्था छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जनाले आवेदन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ जना आवेदकको नाम सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार उक्त पदका लागि पूर्वकर्मचारी प्रभाकरचन्द्र मल्लिकले आवेदन दिएका छन् ।

यसै गरी उत्सवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारिप्रसाद पौडेल, लवराज जोशी र जगन्नाथ निरौलाको आवेदन परेको छ ।

यसैगरी विष्णु गौतम, प्रेमनाथ ठाकुर, डा. त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दीपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झाले समेत आवेदन दिएका छन् ।

मन्त्रालयका सहसचिव मुकेश डंगोलले समेत आवेदन दिएका छन् । साथै, सञ्जय कुमारले पनि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको महानिर्देशक पदसमेत अब खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदैछ । मन्त्रालयले १२ वैशाखका दिन सूचना प्रकाशित गर्दै योग्य आवेदकसँग आवेदन माग गरेको थियो ।

प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?