२५ प्रतिशत धितो रकम नलिई खरिद आदेश प्रविष्टि नगर्न नेप्सेको निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • नेप्सेले ब्रोकरहरूलाई धितोपत्र कारोबार विनियमावली पूर्ण पालना गर्न निर्देशन दिएको छ।
  • ग्राहकबाट खरिद आदेशको कम्तीमा २५ प्रतिशत रकम अग्रिम लिन अनिवार्य गरिएको छ।
  • कोल्याटरल सीमाभन्दा बढीको अस्वाभाविक आदेश प्रविष्ट गरे कारबाही गरिनेछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र बजारमा खरिद आदेश प्रविष्ट गर्दा कानुनी व्यवस्था अनुसारको प्रक्रिया अपनाउन धितोपत्र ब्रोकरहरूलाई निर्देशन दिएको छ।

नेप्सेले सबै कारोबार सदस्यलाई पत्राचार गर्दै धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्था विपरित गतिविधि देखिएको र त्यसलाई आगामी दिनमा सुधार गर्न भनेको छ।

केही धितोपत्र ब्रोकर कम्पनीहरूले लगानीकर्ताको वास्तविक कोल्याटरल सीमाभन्दा बढी खरिद आदेश प्रविष्ट गर्न दिने, अस्थायी खरिद आदेश राखी बजारमा कृत्रिम रूपमा माग उच्च देखाउने लगायतको काम गरेको नेप्सेले बताएको छ।

खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा लाग्ने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत अग्रिम रूपमा ग्राहकबाट लिनुपर्ने व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्न नेप्सेले भनेको छ।

लगानीकर्ताको कोल्याटरल सीमा भन्दा बढी रकमका खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले मात्रै प्रविष्ट गर्ने सुविधा नदिन पनि नेप्सेले सचेत गराएको छ।

निर्देशनको उल्लंघन गर्ने कारोबार सदस्य तथा सम्बन्धित पक्षलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?