
- किरण पण्डितले नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नर पदको शपथ लिएका छन्।
- गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
- पण्डित २०६२ माघ २ गते सहायक निर्देशकबाट बैंक सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएर पदबहाली समेत गरे ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिए । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका हुन । उनी २०६८ सालमा उप– निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका हुन ।
कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

