गएको एक महिनामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३५२ वटा उजुरी परेको छ। वैदेशिक रोजगार विभागको अनुसन्धान महाशाखामा ३३ करोड ८ लाख रुपैयाँ ठगी भएको भन्दै विभिन्न व्यक्तिहरूले उजुरी दायर गरेका हुन्।
विभागले शुक्रबार प्रतिवादी बनाइएकाहरूको नाम सार्वजनिक गरेको छ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै साढे ३ हजारदेखि करोड बढीसम्म ठगी भएको सूचीमा देखिन्छ।
जसअनुसार सबैभन्दा बढी अस्ट्रेलिया पठाइदिने भनी १ करोड ४१ लाख रुपैयाँ विराटगरका दीप्सन श्रेष्ठले ठगी गरेको देखिन्छ।
यो उजुरी गत फागुन १७ देखि गएको चैत १७ गतेसम्म परेको हो। उजुरीका आधारमा अनुसन्धान भैरहेको विभागले जनाएको छ।

