दर्ता प्रक्रियामा करिब ९ हजार सहकारी, अरू कहिले ?

करिब ९ हजार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता प्रक्रियामा सहभागी भएका छन् । फागुन ११ गते बेलुकासम्म ८ हजार ९०८ सहकारी दर्ता प्रक्रियामा आएका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म ६६८ सहकारीले सञ्चालन इजाजत प्राप्त गरेका छन् । भेरिफाइड भएका तर इजाजतपत्र पाउन बाँकी सहकारीको सङ्ख्या ४४९ रहेको छ । यससँगै तीन हजार ९४३ सहकारी तथ्यांक प्रविष्टिको प्रक्रियामा छन् भने तथ्यांक प्रविष्टि सम्पन्न गरेर भेरिफाइड हुन बाँकी सहकारीको सङ्ख्या तीन हजार ८४८ रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने समयावधि चैत्र १७ गतेसम्मका लागि थप गरेको छ । सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरणका लागि यो अन्तिम म्याद थप रहेको प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए ।

आगामी चैत्र १७ गतेसम्म ५ हजार रुपैयाँ शुल्क बुझाई प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न सकिने उनले बताए । प्राधिकरणले गत मंसिर १० गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?