साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्लेस

साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस बुटवलमा सञ्चालन भएको छ । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो ।

रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति र उच्चस्तरीय सम्मेलनका सहभागीहरूका लागि अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटलको विकल्प तयार भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमै करिब साढे तीन अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हायात प्यालेस बुटवल शनिवारदेखि सञ्चालनमा आएको छ । होटल सञ्चालक समितिका अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार यसमा ग्लोबल आइएमई बैंकले ६५ प्रतिशत लगानी गरेको छ ।

शनिवार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत् पूजा–अर्चना गरी होटल सञ्चालनको शुभ साइत गरिएको हो । यससँगै होटल सभा–सम्मेलन, बैंक्वेट, र विभिन्न सामाजिक कार्यक्रमका लागि पनि खुला गरिएको छ । सञ्चालकका अनुसार हायात प्यालेस बुटवलको ग्रान्ड ओपनिङ नोभेम्बर २४ मा भव्य रूपमा आयोजना गरिने तयारी छ ।

यो होटल बुटवलकै पहिलो र रुपन्देही जिल्लाको पाँचौँ पाँचतारे होटल हो । यसअघि भैरहवा, तिलोत्तमा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा आइसकेका थिए । तर, बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल सञ्चालनमा आउनुले यहाँको पर्यटन र व्यावसायिक क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको सञ्चालकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?