बढ्यो वैदेशिक सहायता प्रतिबद्धता, ८ महिनामा सवा २ खर्ब

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्म वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म वैदेशिक लगानी प्रतिबद्धता २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख हाराहारी आएको छ । गत आव यसै अवधिमा यस्तो प्रतिबद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबर थियो ।

कुल वैदेशिक लगानी प्रतिबद्धतामध्ये अनुदान हिस्सा २५.७ प्रतिशत र ऋण हिस्सा ७४.३ प्रतिशत छ ।

कुल प्रतिबद्धतामध्ये ऊर्जा क्षेत्रमा २५.४ प्रतिशत छ । सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसबीच वातावरण तथा जलवायुमा २१.७ प्रतिशत, सिँचाइ १२.८, यातायात ६, विपद् व्यवस्थापन ९.१, पानी ११.५, कृषि ४.३ र सामाजिकमा ४.३ प्रतिशत हिस्सा प्रतिबद्धता आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

अख्तियारद्वारा एक वर्षमा २५ अर्ब २३ करोड बिगो मागदाबी गर्दै मुद्दा दायर

बाढीमा ज्यान गुमाएका विद्युत् कर्मचारीका परिवारलाई पाँच लाख राहत, ६ महिनासम्म आधा तलब

एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल नियुक्त

एनसेल उदय : दूरसञ्चार क्षेत्रमा ठूलो रुपान्तरणकारी

छुटाउनुभयो कि ?