समपूरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव गर्ने समय १५ दिन थप

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि समपूरक र विशेष अनुदान प्रस्ताव गर्ने समय सीमा १५ दिन थपेको छ ।

हालै बसेको आयोग बैठकले प्रदेश र स्थानीय सरकारबाट हुने यस्तो प्रस्तावका लागि समय थप गर्ने निर्णय गरेको हो । आयोगले यस वर्ष समपूरक अनुदान र विशेष अनुदान सम्बन्धी कार्यविधि परिवर्तन गरी नयाँ ल्याएको छ ।

सोही अनुसार प्रस्ताव पेस गर्न यसअघि १५ फागुनसम्मको समय राखेर सूचना प्रकाशित गरिएको थियो ।

यसबीच कार्यविधि अनुसार विद्युतीय प्रणालीमा परिवर्तन भएको र प्रदेश तथा स्थानीय सरकारबाट समय थपका लागि आग्रह समेत गरिएका कारण २९ फागुनसम्म थप गरिएको आयोगको निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?