दोस्रो त्रैमाससम्म नागरिक लगानी कोषले कमायो ६२ करोडभन्दा बढी नाफा

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३.९७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २२ करोड ९५ लाखबाट घटेर १९ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

यता, कोषले सेवा तथा कमिसनबाट ८१ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको भन्दा १८.३१ प्रतिशत धेरै हो । उक्त आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २८ अर्ब ७० करोड रहेको छ । यसको प्रतिसेयर आम्दानी १९.२० रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४३.१८ रुपैयाँ छ ।

पुँजी बजार तर्फको कारोबारमा प्रतिष्पर्धा बढेको र सरकारको जमानत माग गरिएको लगानी असुलीमा समस्या रहेको कोषको भनाई छ । त्यस्तै, कोषमा आबद्ध संस्था र सहभागीहरुलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले पनि कोषको कारोबारमा असर परेको उल्लेख गरेको छ ।

साथै, कोषले प्रयोगमा ल्याइरहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरुले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुनेगरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरुलाई दिइने प्रतिफल दरलाई उच्च बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरु रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?