छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।

२०७६ सालको भदौ २२ गते मन्त्री परिषदले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोहि अन्तर्गत सेनाले ‘ट्र्याक ओपन’ गराएको हो । रानी बिराटनगर देखि संखुवासभाको किमाथाङ्का सम्मको ३९० किलोमिटर सडकले नेपाललाई दुवै छिमेकी मुलुकसँगको सडक सम्पर्क थप सहज बनाएको छ ।

च्याम्ताङ् देखि घोङ्प्पा सम्मको १०.५१ किलोमिटरको ट्र्याक निर्माणसँगै यस क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय व्यापार समेत वृद्धी हुने अपेक्षा गरिएको छ । ट्र्याक ओपन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकमा श्रोत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कोशी करिडोर पूर्ण सञ्चालनमा आएसँगै यहाँको कृषि, पर्यटन तथा व्यवसायीक क्षेत्रमा हुने विकासले स्थानीयको आर्थिक स्तर समेत उक्सिने मन्त्री दाहालले बताउनुभयो । भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताका विच पनि नेपाली सेनाले ट्र्याक खुलाउन निरन्तर मेहनह गर्नु सह्रानिय भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

ट्र्याक खुल्ला गराउने कार्यक्रममा मन्त्री दाहालका साथै रक्षा मन्त्री मानवीर राई, उर्जामन्त्री दिपक खड्का, पूर्व सांसद राजेन्द्र गौतम लगायत उपस्थित हुनुहुन्थ्यो । यस्तै मन्त्री दाहाल सोमबारनै सोलुखुम्बूकै नेचासल्यान–३ स्थित हिमाल दर्शन माविको स्वर्ण जयन्ती समारोहमा समेत सहभागी हुनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?