सुनको मूल्यमा गिरावट

आज सुनचाँदीकै मूल्य घटेको छ। बिहीबार ६ सय र शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुनको भाउ प्रतितोला एक लाख पचास हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि घटेको छ। तोलामा २५ रुपैयाँ घटेर आज चाँदीको मूल्य एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार चाँदीको मूल्य एक हजार आठसय १५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?