अहिलेको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको आरोप

नेपाल चिनी उद्योग संघले अहिलेको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको आरोप लगाएका छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी बजार तस्करी भएर आएको चिनीले चलेको आरोप लगाएको हो ।

संघका अध्यक्ष शशिकान्त अग्रवालले तस्करी भएर आएको चिनी बजारमा बिक्री हुँदा स्वदेशी चिनी उद्योगबाट उत्पादन भएको चिनीले बजार नपाउँदा यो वर्ष किसानलाई भुक्तानी दिन ठूलो समस्या पर्ने जानकारी दिए ।

‘तस्करी भएर बजारमा ५० देखि ६० हजार मेट्रिक टन भित्रिएको चिनीका कारण स्वदेशी उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्किएको छ, आधिकारिकरुपमा भन्सारबाट पनि खासै चिनी आयात भएको छैन,’ अग्रवालले भने,‘तैपनि बजारमा चाहिएको परिमाणमा छ्यापछ्याप्ती चिनी उपलब्ध छ । हाम्रो चिनी बिक्री नहुँदा अहिले सुरु भएको क्रसिङ्गमार्फत् किसानलाई भुक्तानी ठूलो समस्या आएको छ ।’

उनका अनुसार अहिले उखुको नयाँ क्रसिङ्ग (कारखानामा उखु पेलेर चिनी उत्पादन) सुरु भइसकेको छ । यो वेला सबै उद्योगको चिनी बिक्री भएर गोदाम शुन्य अवस्थामा हुनुपर्ने थियो । तर गोदाममा अझै चिनी थन्केर बसेको अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?