रातारात रवि लामिछानेलाई चितवनबाट पाेखरा पुर्‍याइएपछि खैलाबैला

रातारात रवि लामिछानेलाई चितवनबाट पाेखरा पुर्‍याइएपछि खैलाबैला मच्चिएको छ।

प्रहरी आइजिपी बसन्त कुँवरले चितवन प्रहरीका SP र DSP लाई दवाब दिएपछि मध्यरातमा सुतेको मान्छेलाई पोखरा लगेको रास्वपाका नेता दिपक बोहोराले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।

लामिछानेलाई आराम गर्न नदिई बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा उनको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

रास्वपा नेताहरूले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अवधि बाँकी छँदै उनलाई अस्वाभाविक रूपमा रातारात पोखरा पुर्‍याइएको आरोप लगाएका छन्।

चितवन प्रहरीका प्रमुख गौतम मिश्रले “शान्ति सुरक्षाका कारणले मात्रै” रातको समयमा लामिछानेलाई पोखरा सारिएको बताए। “यहाँको काम सकिएपछि उहाँको म्याद थप गर्नुपर्ने पोखरा नै हो। बयान हिजो सकियो, त्यसपछि राख्न उपयुक्त भएन। त्यस कारण पठाएको हो,” उनले भने ।

लामिछानेका वकिल सुशील पन्तले लामिछानेको मानवअधिकार प्रशासनले हनन गरेको विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि समिति गठन हुनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?