रवि पक्राउ पर्लान् ?

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अनुसन्धानका लागि रविलाई पक्राउ गर्नुपर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि जिल्ला अदालत कास्की पुगेका छन् । पक्राउ पुर्जीका लागि न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस जारी छ ।

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालत पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?