प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पाेरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु १ करोड, प्रभुु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु १ करोड र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण भएको छ ।

यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभुु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?