भारी वर्षाले अधिकांश हवाई उडान प्रभावित

खराब मौसम तथा कम भिजिविलिटीका कारण आज शुक्रबारका उडानहरु प्रभावित भएका छन् ।

पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । शुक्रबारको माउण्टेन फ्लाईटहरु सबै रद्द भएका छन् ।

पानी परेर कम भिजिबिलीटी भएका कारण भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलको छैन । ती विमानस्थल नखुलेका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार आजको माउन्टेन फ्लाइट ठप्प भएको छ । मौसममा सुधार आएपछि उडान हुने भएपनि अहिले माउन्टेन फ्लाइटबाहेकका सबै उडान ढिलो भएको पनि विमानस्थल कार्यालयको भनाइ छ ।

हाल काठमाडौंबाट यती, बुद्ध र सिम्रिकले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्छन भने तारा र समिटले दुर्गम क्षेत्रमा उडाने गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?