चाडपर्वको संघारमा खाद्य विभागले तीव्र पार्‍यो बजार अनुगमन, २ उद्योगमा सिल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ।

ठूला चाडपर्व आउनलाग्दा विभागले अनुगमन तीव्र पारेको हो।

बुधबार मात्रै विभागले ३ टोली खटाई उपत्यकाका विभिन्न स्थानमा बजार अनुगमन गरेको थियो।

यसअनुसार २ उद्योगमा सिलबन्दी नै गरिएको र अन्य ७ वटालाई सुधारको मौकासहित निर्देशन गरिएको विभागले जनाएको छ।

बुधबार पचलीभैरव पानी प्रशोधन उद्योग ललितपुर धापाखेलमा अनुगमनका क्रममा बोटलमा उत्पादन मिति र ब्याच नम्बर नदेखिएको, पानीको गुणस्तर परीक्षण प्रतिवेदन नपाएको, उद्योग परिसरमा अनुमतिपत्र नराखिएको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ अनुसार अभिलेख नराखेको र फोहोर पानी बग्ने ढल अव्यवस्थित र खुल्ला रहेको फेला पारेको थियो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार १ लिटर पानीको नमूना संकलन गरिएको र उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उत्पादन रोक्का गरी प्रशोधित पानी भर्ने ठाउँमा सिलबन्दी गरिएको विभागको भनाइ छ।

यस्तै धापासीको सनराइज बेभरेज नेपाल प्रालिको प्रशोधन कक्ष पनि सिल गरिएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको पनि उल्लेख छ।

सनराइज बेभरेजले अर्को नामको कम्पनीको जारमा पानी भरेर बिक्री गरेको र विभागको अनुमतिपत्र नवीकरण नभएको फेला परेको थियो।

यसबाहेक सानेपाको लक्ष्य हस्पिटालिटी प्रालि, न्युरोडको फेमस मम एन्ड स्टिक हाउस, न्युरोडकै क्वालिटी फुड क्याफे, न्यु प्लेजर क्याफे एन्ड रेस्टुराँ, कुलेश्वरको स्वस्तिका मार्केटिङ प्रालि, गुन्जेश्वरी ट्रेड लिंक प्रालि र आरआई प्याकेजिङ उद्योगमा पनि विभागले अनुगमन गरी आवश्यक निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?