रविकाे विशेष सम्बाेधन : ‘षड्यन्त्र’विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहनुहाेला !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको ‘षड्यन्त्र’विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन सार्वजनिक अपिल गरेका छन् । आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने बताए ।

“आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु । मेरा लागि होइन, व्यक्तिका रूपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो,” उनले भने ।

उनले आफू राजनीतिक र नैतिकरूपमा जुनसुकै ठाउँमा सत्यका लागि लड्न तयार रहेको पनि बताए । तर, षड्यन्त्र गरेर लडाउने प्रयास भए प्रतिवाद गर्ने उनको चेतावनी छ ।

“म सरकारलाई चेतावनीका साथ भन्न चाहन्छु, षड्यन्त्र गरेर समाउने होइन, षड्यन्त्र गरेर लडाउने होइन । …आँट भए, हिम्मत भए आऊ, लैजाऊ, समाऊ । तर, मिडिया ट्रायल गरेर, हेडलाइन लेखाएर तर्साउन त सक्नुहुन्न मलाई, सक्दै सक्नुहुन्न,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?