दसैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ ।

मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका लागि डाकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

छलफलको क्रममा मुख्यतया सडकको अवस्था, रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको सम्बन्धमा छलफल हुने उनले बताए ।

आजको छलफलपछि यातायात व्यवस्था विभागको नेतृत्वमा व्यवसायी र मजदुर सम्मिलित कार्यदलले यसको व्यवस्थापन गर्नेछ ।

यो वर्ष पनि पोहोरजस्तै दसैँ आउनुभन्दा एक साता अघि मात्रै बुकिङ खुला हुने सम्भावना रहेको स्वाँरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?