घर सापटी योजनामा कर्मचारी संचय काेषले १ करोड रुपैयाँसम्म सापटी दिने

कर्मचारी सञ्जयकोषले विशेष सापटी योजना ल्याएको छ । आफ्ना सञ्जयकर्ताहरुलाई कोषले विशेष सापटी योजनामा कोष रकमको ९० प्रतिशतसम्म रकम ६.६० प्रतिशत व्याजमा दिने भएको हो ।

त्यस्ते घर सापटी योजनामा कोषले १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । जसको ब्याज ७.५० प्रतिशत रहेको छ । त्यस्तै कोषले शैक्षिक सापटीमा ४० लाख रुपैयाँसम्म ७.५० प्रतिशत ब्याजमा दिने जनाएको छ ।

कोषले घर मर्मत सापटीका लागि ३० लाख रुपैयाँसम्म सापटी दिने भएको छ । यसको ब्याजदर पनि ७.५० प्रतिशत नै छ।

त्यस्तै सरल सापटी योजनामा पनि कोषले ४० लाखसम्मम सापाटी दिने भएको छ । सरल सापटीको ब्याजदर भने ८ प्रतिशत रहेको छ । जग्गा खरिद सापटीमा पनि कोषले ८ प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?