हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १ करोड ६८ लाख शेयर सूचीकृत

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत गराएको छ ।

कम्पनीले अवितरित उल्लेखित कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ ६ गतेसम्म विक्री खुला गरी भदौ १२ गते बाँडफाँट गरेको थियो । प्रतिकित्ता १३५ रुपैयाँ कटअफ मूल्यका आधारमा बाँडफाँट गरिएको उक्त शेयर एक साताभित्रै भदौ १९ गते दोस्रो बजारमा सूचीकृत भएको हो ।

कम्पनीले संस्थापक समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गत रहने गरी यी शेयर विक्री गरेको हो । यी शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पूरा गरेको छ ।

यो शेयर थपिएसँगै दोस्रो बजारमा कम्पनीको सूचीकृत शेयरको संख्या २४ करोड ५५ लाख ९८ हजार १३४ कित्ता कायम भएको छ । बुधवार कम्पनीको कुल बजार पूँजीकरण ७१ अर्ब ४६ करोड ९० लाख ५६ हजार रुपैयाँ कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९१ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४ रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?