सुनको भाउमा गिरावट

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?