निजी क्षेत्रले गुनासो मात्रै गर्ने होइन, योगदानमा लाग्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सधै भरी निजी क्षेत्रले गुनासो गरेर मात्र नहुने बताएका छन्।

अर्थतन्त्रका बाह्य क्षेत्र सवल रहेको अवस्थामा निजी क्षेत्र गुनासा छोडेर योगदानमा केन्द्रित हुनुपर्ने बताएका हुन्।

‘सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको छ र सुन्दै आएको छ। भोली पनि सुन्छ। त्यसैले बहानाबाजी गरेर निजी क्षेत्र गुनासोमा मात्र केन्द्रित हुनु हुँदैन,’ अर्थमन्त्री पौडेलले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, ‘बाह्य क्षेत्र सवल भए पनि आन्तरिक रुपमा माग नबढेकाले अर्थतन्त्रमा केही समस्या जस्तो देखिएको छ। लामो अस्थिरताका कारण यो समस्या आए पनि विस्तारै सुधार हुँदै गएको छ।’

वर्तमान सरकार स्थायीत्वका लागि गठन भएकाले अब सरकार र मन्त्रीहरू फेरिरहने परिपाटी बन्द हुने पौडेलको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?