‘जडिबुटी’ ले धानेको छ जसको जिन्दगी …

जुम्लाको कनकसुन्दरी गाउँपालिका-८ का ३५ वर्षीय डिल्लबहादुर बिक गाउँकै विद्यालयमा प्राथमिक तहको अध्ययन गरे ।

गरिवी र चेतनाअभावका कारण त्यहाँभन्दा माथि पढ्न पाएनन् । अनि, हुर्किएपछि भने उनले गाउँमा प्रचुरमात्रामा पाइने जडिबुटीको खोज, संकलन र खरिद गर्दै राजधानी ल्याएर बिक्री गर्न थाले । उनी पछिल्लोपटक राजधानीमा सीमित भएनन्, देशका प्रायः जिल्ला घुम्दै जडिबुटी बिक्री गर्दै आएका छन् ।

२० वर्षदेखि सिलाजित, केसर, जेठीमधु, माझीफल, असोगन्धा, सर्पगन्धा, यार्सागुम्बादेखि जुम्लामा खेती हुने सिमीदेखि मार्सी चामलसम्म उनी दैनिक घर/घरमा पुगेर बिक्री गर्दै आएका छन् । तोलाको ५ सयदेखि ग्रामको १ हजार रुपैयाँसम्मका जडिबुटी बेचेर उनले मासिक २० हजार रुपैयाँसम्म कमाउने गरेको बताए ।

डिल्लका अनुसार उनी जुम्लाबाट २५-३० किलो जडिबुटी बोकेर राजधानी आउँछन् । र, त्यो जडिबुटी बढीमा ५ महिनामा बिक्री गरिसकेपछि पुनः जडिबुटी संकलन, खोज र खरिदका लागि जुम्ला नै हानिने गरेका छन् । एक/एक छोरी र छोराका बाबु डिल्ललाई गाउँमै रहेका बुबा पूर्ण र आमा बेचेले जडिबुटी संकलनमा सहयोग गर्दै आएका छन् । उनीहरूले संकलन गरेको जडिबुटीले नपुग भएमा आफू पनि खोज्न जाने र थप आवश्यक परेमा खरिद गर्दै राजधानी र देशका अन्य भागमा पुगेर बिक्री गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?