दशैंका लागि १२ सय मात्रै खसीबोका काठमाडौं ल्याइने

दशैंतिहारका लागि हरेक वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य सामग्री तथा खसीबोका सहुलियतमा विक्री गर्दै आइरहेको छ ।

यस वर्षको दशैंतिहारका लागि पनि कम्पनीले १२ सय खसीबोका ल्याउने तयारी गरेको छ । यस वर्ष १ हजारदेखि १२ सयसम्म मात्रै खसीबोका ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालयले जनाएको छ । यस वर्ष असोजको पहिलो हप्तादेखि सहुलियतमा सर्वसाधारणले खाद्य सामानहरू खरिद गर्न पाउनेछन् ।

गत वर्षको दशैंतिहारका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५४२ च्यांग्रा खरिद गरी बिक्रीका लागि ल्याएको थियो, जसमध्ये ४६ वटा च्यांग्रा बिक्री नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमै थन्किए ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका १९ सयमा खरिद गरी बिक्रीका लागि काठमाडौं उपत्यकामा झारेको थियो । कम्पनीका अनुसार दशैं र तिहारमा ११ सय मात्रै खसीबोका बिक्री भएका थिए ।

यसवर्ष पनि गत वर्षकै जस्तो बिक्री नहुने अवस्था सिर्जना हुन दिन कम खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

गत वर्ष सहुलियतमा सर्वसाधारणहरूका लागि २ हजारको हाराहारीमा खसीबोका खरिद गरिएको थियो । तर, ११ सयको हाराहारीमा मात्रै बिक्री भए । त्यसैले यस वर्ष कम मात्र खरिद गर्ने तयारी कम्पनीले गरेको छ ।

गत (२०८०) पुस १९ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा राखिएका २० वटा च्यांग्रा मृत भेटिए । खाद्य व्यवस्था तथा व्यपार कम्पनीले दशैंतिहारका लागि ल्याएका ५४२ च्यांग्रामध्ये बिक्री नभएका ४६ च्यांग्रा कम्पनीमै राखिएको थियो ।

जसमध्ये २० वटा कुकुरको टोकाइबाट मरेका थिए । त्यसपछि पनि ४ वटा च्यांग्रा बिरामी परेर मरे । बाँकी २२ च्यांग्रा कम्पनीले खरिद गरेकोभन्दा कम मूल्यमा बिक्री गरिदियो । गत वर्ष यस्तो घटना भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका १२ सयको हाराहारीमा काठमाडौं भित्र्याउने बताएको छ । च्यांग्राको भने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?