सेयर बजार ३४ अंकले घटयो, २८ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स १. २४ अंकले घटेर ६.६५ विन्दुा अडिएको छ। आज ३३० स्क्रिप्सको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको सेयर बजारमा ४ वटा कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी,लाइफ इन्स्योरेन्स,मल्टिप्रपोज फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। हिमालयन रिइन्स्योरन्स ८२ करोड मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।

यसैगरी अपी पावरको ७८ करोड,कुमार बैंकले ६५ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टले ५२ करोड र नगदी ग्रुप पावरले ५२ करोड मूल्यको कारोबार गरे।

कारोबारमा आएका ४७ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो । यसदिन चारवटा समूहको उपसूचकबाहेक अन्य समूहको सूचक नकारात्मक देखिएका छन्।

बैंकिङ,लाइफइन्स्योरेन्स,म्युचुअल र नन लाइफ इन्स्योर‍ेन्सबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्। होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक ४.४९ प्रतिशतले घटयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?