
समाचार सारांश
Auto Generated by AI
- नेपाल टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सेवा लिन शर्टकोड र यूएसएसडी कोडको व्यवस्था गरेको छ।
- SMS मार्फत १४५५, १४७७ र १४१५ मा सन्देश पठाएर विभिन्न सेवाहरू सुचारु वा बन्द गर्न सकिन्छ।
- # देखि *१४७७# सम्मका कोडहरू डायल गरेर प्याकेज खरिद, ब्यालेन्स चेक र रिचार्ज जस्ता सुविधा लिन सकिन्छ।
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ । तर सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन ।
स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग गर्नु राम्रो मानिन्छ ।
सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्न सक्छ ।
मोबाइल सेवाका लागि उपयोगी शर्ट कोडहरू:
| कोड | तरिका | विवरण |
| १४५५ | SUB लेखेर १४५५ मा SMS गर्ने | CRBT Activate गर्न |
| UNSUB लेखेर १४५५ मा SMS गर्ने | CRBT Deactivate गर्न | |
| १४७७ | START लेखेर १४७७ मा SMS गर्ने | NAMASTE CREDIT Activate गर्न |
| STOP लेखेर १४७७ मा SMS गर्ने | NAMASTE CREDIT Deactivate गर्न | |
| १४१५ | CB लेखेर १४१५ मा SMS गर्ने | Postpaid Credit Limit थाहा पाउन |
| BL लेखेर १४१५ मा SMS गर्ने | Prepaid काे Balance थाहा पाउन | |
| VL लेखेर १४१५ मा SMS गर्ने | Data Volume थाहा पाउन | |
| FR लेखेर १४१५ मा SMS गर्ने | Free Resource थाहा पाउन | |
| PUK लेखेर १४१५ मा SMS गर्ने | PUK Number थाहा पाउन | |
| CUG लेखेर १४१५ मा SMS गर्न | CUG Name थाहा पाउन | |
| FNFSUB लेखेर १४१५ मा SMS गर्ने | Friends & Family Numbers Subscriber गर्न | |
| FNFADD लेखेर १४१५ मा SMS गर्न | Friends & Family Number Add गर्न | |
| FNFDEL लेखेर १४१५ मा SMS गर्न | Friends & Family Number Delete गर्न | |
| FNFINQ लेखेर १४१५ मा SMS गर्ने | Friends & Family Number Query गर्न | |
| FNFMOD लेखेर १४१५ मा SMS गर्ने | Friends & Family Number Modify गर्न | |
| HELPFNF लेखेर १४१५ मा SMS गर्ने | Friends & Family Number Order मा सहयोग माग्न | |
| TQ लेखेर १४१५ मा SMS गर्ने | Prepaid Number को Last Top Up थाहा पाउन | |
| VD लेखेर १४१५ मा SMS गर्न | Prepaid Number को Validity Period थाहा पाउन | |
| SCODE लेखेर १४१५ मा SMS गर्ने | Prepaid Number Security Code थाहा पाउन |
निम्न कोड डायल गरी विभिन्न सुविधा लिन सकिन्छ:
| कोड | सुविधा |
| *1414# | नयाँ सिम पहिलो पटक Activate गर्न |
| *1415# | विभिन्न प्याकेज खरिद गर्न |
| *400# | मोबाइलमा ब्यालेन्स र क्रेडिट लिमिट थाहा पाउन |
| *144# | मोबाइलमा ब्यालेन्स र क्रेडिट लिमिट थाहा पाउन |
| *422# | ब्यालेन्स ट्रान्सफर गर्न |
| *133# | ब्यालेन्स ट्रान्सफर गन |
| *122# | विभिन्न सेवाहरुमा रिचार्ज गर्न |
| *412# | विभिन्न सेवाहरुमा रिचार्ज गर्ने |
| *17123# | विभिन्न प्याकेज र अन्य जानकारीका लागि कोड थाहा पाउन |
| *1416# | एनटी फाइबर सम्बन्धी विभिन्न जानकारी लिन |
| *111# | VoLTE अफर लिन |
| *1442# | CUG Add On प्याक खरिद गर्न |
| *1422# | VAS Query र Unsubscribe गर्न |
| *1477# | नमस्ते क्रेडिट लिन |

