नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

समाचार सारांश
Auto Generated by AI
  • नेपालमा एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या १० प्रतिशतले बढेर ३५ लाख ७३ हजार पुगेको छ।
  • क्लासिक टेकले एक लाखभन्दा बढी नयाँ ग्राहक थप्दै बजारमा आफ्नो स्थान बलियो बनाएको छ।
  • वर्ल्डलिंक सबैभन्दा ठूलो सेवाप्रदायकका रूपमा कायम छ भने सुविसुको ग्राहक संख्यामा गिरावट आएको छ।

काठमाडौं । नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एक वर्षको तथ्यांक अनुसार नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एक वर्षको अन्तरालमा इन्टरनेट ग्राहकको कुल संख्या सवा तीन लाख (३ लाख २५ हजार २८१) ले बढेको छ।

बजारमा नयाँ ग्राहक थप्ने प्रतिस्पर्धा चलिरहँदा ग्राहक संख्याका हिसावले उत्कृष्ट १० कम्पनीहरुको सूची अनुसार सुविसु केवलनेट र वेवसफर बाहेक सबै सेवाप्रदायकको बजार बढेको छ । बजारमा सेवाप्रदायकहरुबीचमै नै आक्रामक बजार विस्तार रणनीति चल्ने गरेको छ ।

यस्तो रणनीतिमा पछिल्लो एक वर्षमा क्लासिक टेक सबैभन्दा बढी बजार विस्तारमा आक्रामक हुँदा यसले एकै वर्ष एक लाखभन्दा बढीले ग्राहक बढाउन सफल भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्टरनेट ग्राहकको कुल संख्या ३२ लाख ४८ हजार ६७४ बाट बढेर ३५ लाख ७३ हजार ९५५ पुगेको छ।

यो तथ्यांक अनुसार सबैभन्दा धेरै ग्राहक थप्ने सूचीमा क्लासिक टेक अग्रपंक्तिमा छ। गत वर्ष २०८१/८२ सम्ममा जम्मा १ लाख ८७ हजार १३७ ग्राहक रहेको क्लासिक टेकले आव २०८२/८३ मा १ लाख ५ हजार भन्दा बढी नयाँ ग्राहक थपेर आफ्नो कुल संख्या २ लाख ९२ हजार ९२२ पुर्‍याएको छ।

यो वृद्धिले क्लासिक टेकलाई बजारको बलियो पाँचौं प्रतिस्पर्धीका रूपमा उभ्याएको छ। गत वर्ष यसको उपस्थिति समग्र बजारको तुलनामा छैटौं स्थानमा थियो ।

लामो समयदेखि बजारमा स्थापित सुविसु केबलनेटको भने ग्राहक संख्यामा घटेको छ। अघिल्लो आवमा २ लाख ९९ हजार २२५ ग्राहक रहेको सुविसुको ग्राहक संख्या ३० हजार ६०३ ले घटेर गत आव २०८२/८३ मा २ लाख ६८ हजार ६२२ मा सीमित भएको छ। ग्राहक संख्या घटेसँगै सुविसु बजार हिस्सा पनि पाँचौंबाट घटेर छैटौं स्थानमा झरेको छ।

बजारको नेतृत्व गरिरहेको वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो अग्रतालाईभने अझै बलियो बनाएको छ। वर्ल्डलिंकले पछिल्लो एक वर्षमा ७९ हजार नयाँ ग्राहक थपेको छ । कुल १० लाख ९२ हजार ग्राहक पुर्‍याएको यो सेवाप्रदायकको बजार हिस्सा भने ३०.५६ प्रतिशत पुगेको छ। तर यो सेवाप्रदायकले यस अघि गत महिना नै ग्राहकसंख्या ११ लाख पुगेको प्रचार गरेको थियो ।

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले पनि ६७ हजार ८६६ नयाँ ग्राहक थप्दै ३ लाख ५४ हजारबाट ४ लाख २२ हजार पुर्‍याएको छ। टेलिकम अहिले बजारको दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ।

भायनेट कम्युनिकेसनले पनि करिब ५५ हजार नयाँ ग्राहक थप्दै ३ लाख ७३ हजार ग्राहकका साथ चौथो स्थान सुरक्षित गरेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

टेलिकम कम्पनीको नवीकरणमा २० अर्ब रुपैयाँ शुल्क लिने व्यवस्था परिवर्तन

छुटाउनुभयो कि ?