एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू

समाचार सारांश
Auto Generated by AI
  • एनसेलले १९८ देशका लागि अन्तर्राष्ट्रिय कलको पल्स दर परिवर्तन गरेको छ।
  • नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नयाँ पल्स दर ६० सेकेन्ड कायम गरिएको हो।
  • यस सम्बन्धी विस्तृत जानकारी र शुल्क एनसेलको आधिकारिक वेबसाइटमा राखिएको छ।

एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।

कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागू भएको छ।

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पूरा सूची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?