बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपामा गरिएका सहमतिका एक–एक अक्षरमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले चुनावअघि नै बालेनको खुट्टामा बल पुर्‍याइएको भन्दै अब गोल हान्ने जिम्मा बालेनकै भएको प्रष्ट पारे ।

आज पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले रास्वपामा फाटो ल्याउने र लडाउने प्रयास निकै भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा सहमति गरेका छौँ । सहमतिको एक–एक अक्षर इमान्दारिताका साथ पालना गर्ने यहाँ उभिएर म प्रण गर्छु ।

उनले रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको र त्यसको पार्टीले निगरानी गरिरहेको बताए ।

लामिछानेले थपे, ‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको । उहाँले यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो । यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?