विश्व वातावरण दिवसमा ८० हजार बालबालिकाद्वारा वृक्षरोपण गरिने

समाचार सारांश
Auto Generated by AI
  • विश्व वातावरण दिवसमा वर्ल्ड भिजनले एक बालबालिका एक बिरुवा अभियान सञ्चालन गर्दैछ।
  • यस अभियानमा देशभरका ८० हजार बालबालिकाले फलफूल लगायतका बिरुवा रोप्नेछन्।
  • बालबालिकालाई वातावरणप्रति जिम्मेवार बनाउन रोपेका बिरुवाको नियमित अनुगमन गरिनेछ।

विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले देशभर ‘एक बालबालिका, एक बिरुवा’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत करीब ८० हजार बालबालिकाले आफ्नो घर तथा समुदायमा वृक्षरोपण गर्ने बताइएको छ ।

नेपाल सरकारले यस वर्षको विश्व वातावरण दिवसका लागि ‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने मूल नारा तय गरेको छ । सोही अभियानलाई सहयोग पुग्ने गरी वर्ल्ड भिजनले जेठ २२ गते देशव्यापी वृक्षारोपण कार्यक्रम आयोजना गर्न लागेको हो ।

अभियानमार्फत बालबालिकालाई जलवायु परिवर्तन र बढ्दो तापक्रमका चुनौतीबारे सचेत बनाउँदै वातावरण संरक्षणमा सक्रिय सहभागी बनाइने जनाइएको छ । बालबालिकाले परिवार, शिक्षक, स्थानीय सरकार तथा सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रमा बिरुवा रोप्नेछन् ।

स्थानीय वातावरणअनुकूल बिरुवा छनोट गर्न स्थानीय सरकार र जिल्ला वन कार्यालयसँग समन्वय गरिएको वर्ल्ड भिजनले जनाएको छ । बालबालिकामा देखिएको कुपोषण समस्यालाई ध्यानमा राख्दै फलफूलका बिरुवालाई प्राथमिकता दिइनेछ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्राविधिक कार्यक्रम (उत्थानशीलता तथा जीविकोपार्जन) सह–निर्देशक प्रकाश तिवारीले बालबालिकालाई सानैदेखि प्रकृतिप्रति जिम्मेवार र वातावरणीय संरक्षणमा सक्रिय बनाउन अभियान केन्द्रित रहेको बताए । उनका अनुसार प्रत्येक बालबालिकाले रोपेको बिरुवाले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्याउनेछ ।

वृक्षरोपणसँगै बालबालिकालाई ‘मेरो बिरुवा कार्ड’ वितरण गरिनेछ । कार्डमा बिरुवाका फाइदाबारे जानकारी समेटिनेछ भने बिरुवाको संरक्षण र हेरचाहप्रति जिम्मेवारीबोध गराउने उद्देश्य राखिएको छ । रोपिएका बिरुवाको संरक्षण सुनिश्चित गर्न वर्ल्ड भिजनका फिल्ड टोली र शिक्षकहरूले तीन र ६ महीनापछि अनुगमन गर्नेछन् ।

अभियानअन्तर्गत देशका तीनै भौगोलिक क्षेत्रमा कम्तीमा ८० हजार बिरुवा रोप्ने, १०० भन्दा बढी विद्यालय तथा सामुदायिक समूहलाई सहभागी गराउने, बालबालिकाको नेतृत्वमा वातावरणीय संरक्षण प्रवर्द्धन गर्ने तथा बालबालिका, समुदाय र सरकारबीचको साझेदारी सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

वर्ल्ड भिजनले जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच बालबालिकाको भविष्य सुरक्षित गर्न तथा प्राकृतिक स्रोतको पुनर्स्थापनामा समुदायसँग सहकार्य गर्दै निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?