संचार उद्यमी हरिप्रसाद भुषाल कानुन बनाउने थलोमा

संचार उद्यमी हरिप्रसाद भुषाल कानुन बनाउने थलो संसद्मा पुगेका छन् ।

ठुला दल कांग्रेस एमालेका उम्मेदवारलाई परास्त गदै अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका भुसाल ३५ हजार २३ मतका साथ विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९, नेपाली कांग्रेसका विष्णु प्रसाद खनालले १८ हजार २ सय ९७, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ , मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिती निर्माण गर्न सुरुदेखि नै लागेका थिए । भुसाल २०७९ सालको प्रतिनिधि सभामा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्बाचनमा ३२ सय मत ल्याएका थिए ।

३७ वर्षीय भुसाल त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुन्। लेखक, मिडिया सञ्चालक तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सन्धिखर्कमा आर्टस् व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?