मुलुकको अर्थतन्त्र ३.०२ प्रतिशतले बढ्ने

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै मौसमी प्रभाव नरहेको अवस्थामा सो बराबरको वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । यस अवधिमा कुल १८ वटै औद्योगिक क्षेत्रमा धनात्मक वृद्धिदर रहने आकलन कार्यालयको छ ।

कार्यालयले अर्थतन्त्रलाई विभिन्न १८ वटा क्षेत्रमा वर्गीकरण गरेर तत् क्षेत्रको वृद्धिदरको औसतका आधारमा अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण गर्छ । सबै क्षेत्रको धनात्मक वृद्धिदरले अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत गर्छ । गत आवको सोही अवधिमा २.९ प्रतिशतको वृद्धिदर रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा खाद्यान्न बाली, वनपैदावार, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामग्रीको उत्पादनमा सङ्कुचन आएको कार्यालयले जनाएको छ । यद्यपि विद्युत् उत्पादन तथा वितरण, वित्तीय व्रिmयाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटनलगायतका व्रिmयाकलापमा वृद्धि हुँदा अर्थतन्त्रमा उल्लिखित बराबरको वृद्धिदर हुने कार्यालयले अनुमान सार्वजनिक गरेको छ ।

अर्थतन्त्रमा मौसमी प्रभावलाई समेत समायोजन गर्दा वृद्धिदर भने नकारात्मक हुने कार्यालयको प्रक्षेपण छ । कार्यालयका अनुसार मौसमी प्रभावलाई समेट्दा पहिलो त्रैमासको वृद्धिदर १.६८ प्रतिशतले सङ्कुचित हुने देखिन्छ । गत आवको सोही अवधिमा ०.४ प्रतिशतको वृद्धिदर थियो । मौसमी प्रभावको समायोजन गर्दा कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये प्रशासनिक तथा सहयोगी सेवा, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवा, सूचना तथा सञ्चार, विद्युत्, ग्यास, आवास र खाद्यान्न सेवाबाहेक १३ वटा क्षेत्रहरूको वृद्धिदर नकारात्मक रहेको छ ।

पहिलो त्रैमासमा मौसमी प्रभावलाई समायोजन नगर्दा विद्युत् तथा ग्यास क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।

कार्यालयका अनुसार समीक्षा अवधिमा यस क्षेत्रको वृद्धिदर १४.९१ प्रतिशत हुने अनुमान छ । त्यसपछि वित्तीय तथा बिमाक्षेत्रको

७.०७ प्रतिशत, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवाको ५.५२ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाको ५.४६ प्रतिशत, थोक तथा खुद्रा व्यापारको ३.८९ प्रतिशतको वृद्धिदर हुने अनुमान छ ।

खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७६ प्रतिशत हुँदा निर्माणको क्षेत्रको ३.२६ प्रतिशत र शिक्षा क्षेत्रको २.६८ प्रतिशतको हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा महìवपूर्ण योगदान हुने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.३६ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?