मकवानपुरको हैटौँडामा सञ्चालित शिवम् सिमेन्टले लोडसेडिङको समयमा डेडिकेटेड-ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुझाएको छ।
कम्पनीले बक्यौताको पहिलो किस्ता तिरेसँगै कात्तिक ४ गते काटिएको विद्युत् लाइन जडान गरिएको छ। शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड-ट्रङ्क लाइन प्रयोगको थियो।
शिवम्को मात्रै ६६ करोड ८९ लाख रुपैयाँ रकम रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्ले दुई करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता भुक्तानी गरेको हो।

