सञ्चित कोष करिब २ अर्बले ऋणात्मक

काठमाडौं । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन् । यो विवरण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम बुझाइएको हो ।

महालेखा नियन्त्रक कार्यालयले नेपालको संविधान र प्रचलित कानूनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालनको जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयकै हुने भएकाले एकीकृत विवरण समयमै पेस गरेको जनाएको छ ।

यो प्रतिवेदन नेपाल सरकारबाट स्वीकृत सार्वजनिक क्षेत्र लेखामान र महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा अनुसार तयार पारिएको हो ।

विवरणसँगै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३३ को उपदफा ११ अनुसार आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पनि पेस गरिएको छ ।

पेस गरिएको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक देखिएको छ ।

यद्यपि, विभिन्न कोष तथा अतिरिक्त बजेटरी निकायको मौज्दात रकमलाई आधार मान्दा नगद तथा बैंक मौज्दात भने ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?