गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समिति पुनर्गठन

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समिति पुनर्गठन भएको छ। मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समिति पुनर्गठन गरेको हो।

समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको हो। समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

समितिमा अर्थमन्त्री संयोजक र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य थिए। अब पाण्डे सदस्यका रूपमा थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?