अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा प्रस्तुत हुने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा धारणा राख्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशबिरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा शसक्त धारणा राख्ने निर्णय गरेको हो ।

बैठकले संसदको चालू अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ती जनाउँदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ भने संसदमा बिचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन् ।

त्यस्तै आगामी दिनका संसदको बैठकका शुन्य र विशेष समयमा पार्टीको एजेण्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?