६० लाख घरौटीमा रवि छुटे

रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा पनि धरौटीमा छुटेका छन् ।

तर, स्वर्णलक्ष्मी सहकारीको बचत संगठित रूपमा ठगी गरेको अभियोगमा सञ्चालक र व्यवस्थापकलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले प्रत्यक्ष नजोडिएका लामिछानेसँग भने ६० लाख घरौटी मागेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गरेको उक्त आदेशअनुसार धरौटीको बैंक जमानत बुझाएर लामिछाने बुधबार न्यायिक हिरासतबाट रिहा भएका छन् । यसअघि २४ पुसमा अदालतले सोही मुद्दामा स्वर्णलक्ष्मीका निवर्तमान सञ्चालक समिति सदस्य कमल लामासँग तीन लाख र लेखा समिति सदस्य सुनिता नेवासँग चार लाख धरौटी मागेको थियो । हिरासतमा रहेका सञ्चालक लामा र लेखा समिति सदस्य नेवा छुटिसकेका छन् ।

तर, सहकारीको सञ्चालक, व्यवस्थापक, बचतकर्ता र ऋणी केही पनि नभएका लामिछानेसँग लामा र नेवाको भन्दा १५ गुणा बढी धरौटी मागेको छ । यही सहकारीको पूर्वसञ्चालक रहेकी कांग्रेस सांसद माया राईको भने तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?