राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ ।
बिहीबार साँझ पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं आएका रविलाई हिरासतमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ उत्रिएका रविलाई त्यहाँबाट प्रहरीले भ्यानमा हालेर परिसर पुर्याएको थियो ।
रविलाई ल्याउने काठमाडौं ल्याउने भएपछि विमानस्थल र परिसर भद्रकाली परिसर वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली ल्याएर उनलाई हिरासतमा राखिएको छ ।

