रवि पक्राउ पर्लान् ?

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

अनुसन्धानका लागि रविलाई पक्राउ गर्नुपर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया आफैँ पक्राउ अनुमतिका लागि जिल्ला अदालत कास्की पुगेका छन् । पक्राउ पुर्जीका लागि न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस जारी छ ।

सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । असोज ६ गते पक्राउ परेका जोशीलाई आज पुनः अदालत पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?