जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न आग्रह

सेयर बजारले खासै उचाइ लिन नसकेपछि नेपाल स्टक एकसचेन्ज (नेप्से)ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न आग्रह गरेको छ ।

नेप्सेले सोमबार सूचना जारी गर्दै हालसम्म कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्टीकरण दिएको छ ।

सूचनामा भनिएको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ ।’

यसकारण सबैले बुझेरमात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने नेप्सेले जनाएको छ । सेयर बजारमा केही समययता कारोबार रकम ५ अर्बको हाराहारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?