दशैँका लागि खुल्यो सहुलियत पसल, कुन सामानमा कति छुट ?

सरकारले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको छ । ४२ जिल्लाका विभिन्न ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व अवधिभरीमा सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको छ ।

काठमाडौँ उपत्यकाका ४ स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सहुलियत पसलको बिक्री कक्ष छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल र दालमा प्रचलित बजार मूल्यभन्दा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी र क्वाँटीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ ।

कम्पनीले कर्णाली सिमी (गेडागुडी), फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी चामलमा प्रतिकिलो ७ रुपैयाँ छुट दिएको छ ।

खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोमा १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले मकवानपुर र दाङ लगायतका जिल्लाबाट १ हजार ५ सय वटा खसी–बोका तथा मुस्ताङबाट ३ सय वटा कालो च्यांग्रा ल्याएर बिक्री गर्ने जनाएको छ ।

कम्पनीले च्यांग्रा र खसी–बोका भने कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट मात्रै बेच्नेछ । च्यांग्रा र खसी–बोकाको बिक्री घटस्थापनाबाट सुरु गरेर नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले खाद्यलाई ३ करोड बजेट विनियोजन गरेको छ । सहुलियत पसल माघ २ गते सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?